युरोपका विभिन्न मुलुकमा आप्रवासीको समर्थन र विरोधमा र्याली

युरोपका विभिन्न मुलुकमा आप्रवासीको समर्थन र विरोधमा र्याली

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी २७ भदौ ।  युरोपका विभिन्न मुलुकमा आप्रवासीको समर्थन र विरोधमा र्याली निकालिएको छ । मध्यपूर्व र अफ्रिकाबाट ठूलो संख्यामा आइरहेका आप्रवासीहरुको व्यवस्थापन गर्ने चुनौती झेलिरहेका बेला युरोपमा दोहोरो प्रदर्शन भएको हो ।

एक पक्षले आप्रवासीहरुका लागि सरकारले अधिक कदम उठाउनुपर्ने माग गरेको छ भने अर्को पक्षले आप्रवासीहरुका कारण मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै चेतावनी दिदैं आएको छ ।

जर्मन शहर म्यूनिखमा हिजो मात्र करिब नौ हजार आप्रवासी भित्रिएको अन्तर्राष्ट्रिय सन्चाल माध्यमहरुले जनाएका छन् । जर्मनीमा यो साता ४० हजार आप्रवासी आइपुग्ने अनुमान गरिएको छ ।

डेनमार्कको राजधानी कोपेनहेगनमा ३० हजार भन्दा बढी प्रदर्शनकारीले आप्रवासीको समर्थनमा र्याली निकालिएको बिबीसीले जनाएको छ । लन्डनमा पनि आप्रवासीको समर्थनमा प्रधानमन्त्री निवाससम्म रयाली निकालेका छन् ।

उता पोल्याण्डमा भने आप्रवासीको विरोधमा र्याली निकालिएको छ । उनीहरुले इस्लाम विरोधी नारासमेत लगाएका थिए । त्यस्तै स्लोभाकिया र चेक गणराज्यमा पनि आप्रवासीको विरोधमा र्याली निकालिएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी