इराकमा भएको हवाई आक्रमणमा ६० विद्रोहीको मृत्यु

इराकमा भएको हवाई आक्रमणमा ६० विद्रोहीको मृत्यु

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

टर्की, २५ भदौ ।

हवाई आक्रमणमा परी कम्तिमा ६० जना कुर्दिसस्थान वर्कस पार्टी पिकेके सम्बद्ध विद्रोहीको मृत्युभएको इराकको डोगान समाचार समितिले शुक्रबार जनाएको छ ।

प्राप्त जानकारीअनुसार विभिन्न खालका २१ वटा युद्धक विमान प्रयोग गरी बिहीबार रातभर उत्तरी इराकको क्वान्डिलीस्थित हिमाली क्षेत्रमा गरिएको आक्रमणमा कैयौँ घाइतेसमेत बनेका छन् ।

यसैबीच पिकेकेले उक्त क्षेत्रमा गएको शुक्रबार गरेको आक्रमणमा एक नागरिकको मृत्यु हुनुका साथै टर्कीका तीन प्रहरी घाइतेभएका थिए ।

बिहीबार आफ्नो सुरक्षाफौजले गरेको आक्रमणपछि गरेको पत्रकार सम्मेलनमा बोल्दै टर्कीका प्रधानमन्त्री अहमेट दावुटोग्लुले पिकेके विद्रोहीविरुद्ध टर्कीभित्र र बाहिर कार्वाही जारी राख्ने जनाउनुभएको थियो ।

युरोपेली महासङ्घ परिषद्का डोनाल्ड टस्कसँगै गरेको उक्त संयुक्त बैठकमा आफ्नो देश आतङ्कवाद विरोधी अभियानमा लागिपरेको र गएको दुई दिनमा सुरक्षाफौजको कार्वाहीले काफी सफलता प्राप्त गरेको बताउनुभयो ।

टर्कीले पिकेकेलाई आतङ्ककारी संगठन घोषणा गरी उक्त समुह विरुद्ध कार्वाही चलाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी