भारत नियन्त्रित कश्मिरमा चारको मृत्यु

भारत नियन्त्रित कश्मिरमा चारको मृत्यु

  • शुक्रबार, भदौ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी,२५ भदौ ।

भारतको नियन्त्रणमा रहेको कश्मिरमा आज आतङ्ककारी भारतीय सैनिकबीच भएको झडपमा परी कम्तीमा चारको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन ।

श्रीनगर सहरदेखि ९५ किलोमिटर उत्तरपश्चिममा रहेको लरिबाल जाचाल्दारामा जारी झडपका क्रममा दुई भारतीय सैनिक र दुई आतङ्ककारी मारिएका जनाइएको छ ।

सो झडपमा दुई आतङ्ककारी मारिएका भारतीय सैनिक प्रवक्ताले एएफपी समाचार समितिलाई जनाएका छन् ।

जङ्गल इलाकामा सुरु भएको यो दोहोरो गोली हानाहान बिहीबार साँझदेखि नै सुरु भएको अधिकारीहरुले जनाएका छन ।

प्रहरी अधिकारीले मारिएका ती व्यक्तिहरु स्थानीय आतङ्ककारी भएको जनाएको छ । झडप भएको सो इलाकामा प्रहरीले खोजी कारबाही जारी राखेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी