एजेन्सी,२५ भदौ ।
जापानको राजधानी सहर टोकियोदेखि उत्तरमा पर्ने सहरमा आएको बाढीमा तीन जनाको मुत्यु भएको छ । सो बाढीमा परी दर्जनौ बेपत्ता भएका त्यहाका अधिकारीहरु उद्यृत गर्दै बिबिसीले जनाएको छ ।
आवासीय क्षेत्रमा आएको यस बाढीका कारण फसेका व्यक्तिको उद्धारको लागि हजारौ उद्धारकर्ता खटाइएको पनि बताइएको छ । उद्वारको कार्य जारी रहेको बताइएको छ । उद्वारका लागि दर्जनौ हेलिकोप्टरको प्रयोग गरिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
जोसो सहरमा आएको यस बाढीमा परी आठ बर्षीय दुई बालकसहित २५ व्यक्ति वेपत्ता भएका जनाइएको छ । बाढी प्रभावित सो क्षेत्र टोकियोदेखि ६० किलोमिटर टाढा रहेको जनाइएको छ । सो बाढीको कारण ६५ हजार व्यक्ति प्रभावित भएको जनााइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline