एजेन्सी,२४ भदौ ।
सिरियामा रुसले सैन्य शक्ति बढाएको भन्दै अमेरिका र नेटोले आपत्ति जनाएका छन् ।
उत्तर एन्टलान्टिक सन्धी संगठन नेटोका प्रमुख जेन्स स्टोलटेनबर्गले सिरियाको भुमिमा रुसी सेनाका थप उपस्थिती पुष्टि भए यसले समस्याको समाधान नगर्ने बताउनुभएको बिबिसीले उल्लेख गरेको छ ।
अमेरिकी विदेशमन्त्री जोन केरीले रुसका आफ्ना समकक्षीलाई फोन गरी सैन्य हतियार र सेना बढाएको सम्बन्धमा चासो राख्नुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
रुसले दुई दिन अघि थप विमान र २ वटा जहाज सिरियाको तटीय शहर टारटसमा पठाएको एक अमेरिकी अधिकारीले बताएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline