चार बर्षदेखि राजधानीमै वालिकाको शोषण भईरहेको खुलासा (भिडियो /फोटो सहित)

चार बर्षदेखि राजधानीमै वालिकाको शोषण भईरहेको खुलासा (भिडियो /फोटो सहित)

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाण्डौ,२२ भदौ ।

बालबालिका सम्बन्धि जतिपनि ठुल्ठुला भाषण सुनिए पनि ऐनकानुन को कमजोरीले गर्दा पीडितले न्याय पाउन नसक्नु बिडम्बना नै हो ।

श्रमिक बाल बालिकाहरु को कथा ब्यथाहरु धेरै नै छन । त्यसमा पनि बाल हिंशाको त स्थिति अझै नाजुक छ । देशकै राजधानी काठमाडौँ यहा बाल मजदुर त सामान्य जस्तै छ तर बाल हिंसा ब्याप्त रहेको छ ।

अझ कयौ वालवालीकाहरुको वासस्थान त सडक पेटि नै बन्ने गरेको छ ।

एउटा त्यस्तै प्रसंग हो यो, जहाँ एउटा बालीकाले त्यो पिडा ५ बर्ष सम्म भोगिन । जब हामी सुनन्धारा संगै रहेको भोटे बहालमा पुग्यौ त्यहा बस्दै आएका एक भारतीय ब्यापारी दम्पति वृजमोहन सिंह र स्वेता सिहले बिगत ५ बर्ष देखि एक ९ वर्षिया बालीकालाई बन्दी सरह बनाई चरम यातना दिइरहेको भेटिइयो ।

ति दम्पतीले आफ्ना दुइ सन्तानलाई भने महंगो बिद्यालयमा पढाउने गरेका रहेछन । तर ९ बर्षिया बालिका रस्मीलाई भने नाजिकैको सामुदायिक बिद्यालयमा नाम परिबर्तन गरी लक्ष्मी सिंह का नाममा भर्ना गरेको समेत थाहा हुन आयो ।

हाम्रो टोलीले बिद्यालयको रजिस्टरमा हेर्दा नत बालिकाको फोटो भेटियो नत उनको पहिचान भेट्ने कुनै पुरा ठेगाना नै । आखिर किन मागेन विद्यालयले उनको पहिचान ? के उनको वास्तविकताप्रति विद्यालय साचिक्कै अनविज्ञ छ त ? या सिंह दम्पतिसंग विद्यालयको पनि मिलेमतो छ ? कुरा गम्भीर छ ।

कक्षा १ मा अध्ययन गर्ने रस्मि ( लक्ष्मी सिहं )लाई उनीहरुले बिहान खाना समेत नदिएर बिद्यायल पठाउदा रहेछन ।

ति ९ बर्षिया अवोध बालीका जसले आमा र बुबाको त्यो न्यानो माया पाउने बेलामा अनि मिठो मिठो खाना र राम्रो नाना लाउने बेलामा जाबो एक प्याकेट चाउचाउ पनि खान नपाउदा उनको बाल अधिकारको गला रेटिएको छ भन्दा फरक नपर्ला ।

बिद्यालयमा जादा पनि रु १० पर्ने चाउचाउ कक्षा कोठामा पढाइ भइरहेका समयमा लुकी लुकी खाने गरेको बताउछिन बिद्यालयकी शिक्षीका उमा तिवारी ।

उमा भन्छिन कहिले कसो त आफुसंग खाजा नहुदा रस्मीले साथीहरुको खाजा समेत चोरेर खाने गर्थिन,तर समयमै ति बालुकाको उद्धार भयो । अन्यथा जे नि हुन सक्थ्यो ।

अन्तत रश्मी सिहलाई भोटेबहाल रेडक्रस शाखा , केहि स्थानिय समाज सेवी र कालिमाटी प्रहरी वृत्त महिला सेल को सहयोगमा उद्धार गरीयो ।

महिला प्रहरी सेल कालिमाटी प्रमुख पुर्णिमा चन्द भन्छिन ऐन कानुन को कमजोरी ले गर्दा पीडक लाई कानुन को दायराबाट सजाए दिन कठिनाई भइरहेकाले बाल श्रम र बाल हिंशामा कमि ल्याउन निकै चुनौतीपुर्ण बनेको छ ।

यस्तै सिविन नेपाल का प्रमुख सगर भटराईले पनि उस्तै कमजोर कानुनकै कारण यस्ता चुनौतीहरु थपिदै गएको बताए ।

अन्तत पिडित बालिका रश्मीसिंह लाई महिला सेल र सिविनले आबश्यक अनुसन्धान संगै उचित क्षतिपुर्ती दिलाइदिन श्रम कार्यालय बागमती लाई बुझाएका छन ।

केहि हद सम्म ति बालिकाले न्याय त पाइन तर र पीडक व्यापारी दम्पत्ति वृजमोहन र स्वेता सिंहले भने ती नाबालीकालाई दिएको यातना बराबरको सजाए पाएनन, हो सायद यहा कानुन कमजोर नै रहेछ ।

पिडक दम्पतिले सजाय स्वरुप बालिकाको नाममा भारत जम्मा १५ हजार भारु. मात्रै दिनुप¥यो । त्यो पनि भारत उत्तर प्रदेश जहा ती वालीकाको आफ्नै जिल्ला हो त्यही ठाउमा १८ वर्ष पछि मात्र झिक्न मिल्ने गरि श्रम गरेको बापत भारु १५,००० ( रु २४,००० ) रुपैया बैंक खातामा जम्मा गरिदिनु पर्ने सम्झौता श्रम कार्यालयसंग भयो ।

ती दम्पतिले गरेको अपराधको जरिवाना जम्मा दश हजार तोकेको छ ।

सिविनले ती बालिकालाई आफ्नो बुबा राजु सिंह संग फिर्ता पठाउने बताएको छ । संगै चाइल्ड लाईन इंडिया लाई निगरानीका लागि आग्रह गर्ने प्रतिबद्धता जनाएको छ ।

(भिडियो हेर्न तल क्लिीक गर्नुहोस)

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी