थप बाह्र हजार शरणार्थीलाईअष्ट्रेलियाले शरण दिने

थप बाह्र हजार शरणार्थीलाईअष्ट्रेलियाले शरण दिने

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी, २३ भदौ ।

अष्ट्रेलियाले बुधबार युद्धग्रस्त देश सिरिया र इराकका १२ हजार शरणार्थीको लागि शरण दिने घोषणा गरेको छ ।

यति ठूलो सङ्ख्याका थप शरणार्थीलार्ई शरण दिने अष्ट्रेलियाको यो घोषणा दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो भएको बताइएको छ ।

सत्ता गठबन्धन पार्टीसँग भएको बैठकपछि प्रधानमन्त्री टोनी एबोटले अष्ट्ेरलियाले सो घोषणा गरेको बताउनु भएको जनाइएको छ ।

अष्ट्ेरलियाले सिरिया र इराकमा जारी द्वन्द्वका कारण शरणार्थी बन्न पुगेका थप १२ हजार शरणार्थीलाई शरण दिने बुधबार भएको एक पत्रकार सम्मेलनमा घोषणा गर्नु भएको बताइएको छ ।

हिंसा, मध्यपूर्वी देशको आन्तरिक समस्या लगायतका विभिन्न कारणबाट लाखौँ लाख नागरिकले युरोपमा शरणार्थीको रुपमा प्रवेश गरिरहेका छन् ।

आप्रवासीले युरोपतर्फ जाने आवेदन गर्ने सङ्ख्या प्रतिवर्ष बढ्दै गएको छ । गत वर्षको तुलनामा युरोपेली सङ्घमा शरणार्थी आवेदकको सङ्ख्या नाटकीय रुपमा बढेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी