जर्मन चान्सलर एङगेला मार्केलले युरोपमा शरणार्थीहरुको आवगमन तीव्र भएको भन्दै यो समस्या बाड्न हरेक युरोपेली सदस्य राष्ट्रले कति कति शरणार्थी राख्ने भनेर कोटा तोक्नु पर्ने बताउनु भएको छ ।
संभवत युरोपेली आयोगले आज प्रति सदस्य राष्ट्रले एक लाख २० हजार शरणार्थी राख्नु पर्ने प्रावधान सहितको घोषणा गर्न सक्ने जनाईएको छ ।
स्वीडीस प्रधानमन्त्री स्टेफन लोफभ्यानसग‘को भेटमा चान्सलर मार्केलले यस्तो बताउनु भएको हो ।
जर्मन र स्वीडेनमा अत्याधीक सिरीयाली शरणार्थीहरु प्रवेश गरेका छन् ।
त्यस अघि जर्मन भाईस चान्सलर सिग्मर गाव्रियलले हरेक वर्ष पाच लाख शरणार्थी सम्हाल्न आफ्नो मुलुक तयार रहेको बताउनु भएको थियो ।
अहिले युरोपेली देशहरुमा सिरिया, लिविया सहितका मुलुकमा चर्किएको आन्तरीक द्धन्दका कारण पलायन हुनेहरुको संख्या ठूलो देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
