पर्खाल समयमै बनाउन नसक्दा रक्षा मन्त्रीको राजीनामा

पर्खाल समयमै बनाउन नसक्दा रक्षा मन्त्रीको राजीनामा

  • मङ्लबार, भदौ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

लगातार प्रवासीहरु आउने क्रम बढे पछि भएको आलोचनाका कारण हंगेरीका रक्षा मन्त्री चोबा हेंडेले राजीनामा दिनु भएको छ ।
प्रवासीहरुले सिमा र पुलिसको घेरा समेत तोडेर हिडे पछि भएको सुरक्षा परिषद्को बैठकका क्रममा उहाले राजीनामा दिनु भएको हो ।

राजीनामाको स्पष्ट कारण सार्वजनिक नगरिए पनि सर्वियाको सिमानामा आप्रवासीहरुको आगमन रोक्नका लागि चार मिटर लामो पर्खाल लगाउने काम समयमै हुन नसके पछि भएको आलोचनाका कारण राजीनामा दिएको बताईएको छ ।

सो पर्खाल समयमै लगाएको भए शरणार्थीहरु यसरी प्रवेश गर्न सक्ने थिएनन् भन्ने अधिकारीहरुको विस्वास थियो ।

यो पर्खाल पछिल्लो महिना पुरा हुनु पर्ने थियो । यसैबीच शरणार्थीहरुले सर्वियाको सिमानामा रहेको पुलिस लाईन तोडेर हंगेरीको राजधानी बुडा पेष्ट तर्फ अघि बढीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी