टर्कीमा विद्रोहीको आक्रमणमा परी १५ सैनिकको मृत्यु

टर्कीमा विद्रोहीको आक्रमणमा परी १५ सैनिकको मृत्यु

  • सोमवार, भदौ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

टर्कीमा शसस्त्र विद्रोह गरीरहेको कुर्दिस्तान वर्कस पार्टी पिकेके ) ले गरेको आक्रमणमा १५ भन्दा बढी सैनिकको मृत्यु भएको छ ।
टर्कीको डाग्लीकामा गुडिरहेको सेनाको दुई वटा गाडीमा डिटोनेटर विष्फोट गराईएको थियो ।
यो ठूलो आक्रमण र हताहती लगत्तै प्रधानमन्त्री अमेत दवुतोग्लुले आकस्मिक सुरक्षा बैठक बोलाउनु भएको छ ।
गत जुलाईमा युद्ध विराम भंग भए पछिको यो ठूलो आक्रमण भएको अधिकारीहरुले जनाएका छन् ।
ईराकमा रहेको पिकेकेको क्याम्पमा टर्कीको सेनाले रेड गरे पछि विद्रोहीहरु रुष्ट भएका थिए ।
विद्रोहीहरुले १५ सैनिक मारिएको र हतियारहरु आफूहरुले कब्जामा लिएको बताएका छन् ।
आक्रमण लगत्तै टर्की सेनाले हवाई कार्बाही शुरु गरेको जनाएको छ ।
विद्रोहीले टर्कीको माटो नछोड्दा र हतियार नत्याग्दा सम्म सैन्य कार्बाही जारी राखिने टर्की सरकारले जनाएको छ ।
सन् १९८४ देखि सत्ता परिवर्तनको माग गर्दै पिकेकेले शुरु गरेको हिंशाका कारण आज सम्म ४० हजार भन्दा बढी मानिसको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी