एजेन्सी २० भदौ ।
सिरियामा सरकार विरुद्ध शसस्त्र संघर्षरत समुह र इस्लामिक स्टेट आइएस लडाकुबीच भएको पछिल्लो भिडान्तमा ४७ जनाको मृत्यु भएको छ ।
बेलायती मानव अधिकारवादी संस्थाका अनुसार मारिया शहरमा दुई पक्षबीच भएको झडपमा मारिनेमा २७ जना आइएस लडाकु रहेका छन् ।
गत महिना मात्र उक्त क्षेत्रमा आइएसले रसायनिक हतियार प्रयोग गरि आक्रमण गरेको थियो । जसका कारण त्यहाँका धेरै नागरिक श्वासप्रश्वास सम्बन्धी समस्याले अस्पताल भर्ना भएको स्थानीय सन्चार माध्यमलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।
मारिया शहर टर्की र अमेरिकाले आइएस मुक्त गराई सुरक्षीत बनाउने रणनिति लिएको क्षेत्रमा अवस्थित छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline