अफ्रिकी मुलुक क्यामरुनमा भएको छुट्टाछुट्टै विस्फोटमा परि १९ जनाको मृत्यु भएको छ । विस्फोटमा परी १४० जनाभन्दा बढी घाइते भएका वीवीसीले जनाएको छ ।
क्यामरुनको उत्तरी केरावामा इलाकास्थित पहिलो विस्फोट सेनाको क्याम्प नजिक र अर्को बिस्फोट बजार क्षेत्रमा भएको थियो ।
महिला आत्मघाती हमलाकारीले सो विस्फोट गराएको एक सरकारी स्रोतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।
घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । नाइजेरियामा सक्रिय रहेको आतंकवादी समूह बोको हराम पछिल्लो समय क्यामरुनमा पनि सक्रिय हुन थालेको छ । सन् २००२ देखि सक्रिय भएको बोको हराम पश्चिमी शिक्षा पद्धतिको विरोधमा आतंकवादी गतिविधि गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline