तीन लाख सेना कटौती गर्ने चीनका राष्ट्रपति जिनपिङको घोषणा

तीन लाख सेना कटौती गर्ने चीनका राष्ट्रपति जिनपिङको घोषणा

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी,१७ भदौ ।

चीनका राष्ट्रपति शी जिनपिङले तीन लाख सेना कटौती गर्ने घोषणा गर्नुभएको छ । दोस्रो विश्वयुद्ध अन्त्य भएको ७० औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाले यस्तो घोषणा गर्नुभएको हो ।

चीनको ‘पिपुल्स लिबरेशन आर्मी’ संख्यात्मक हिसाबले विश्वकै सबैभन्दा ठूलो सेना मानिन्छ । चीनमा लगभग २३ लाख सैनिक छन् । चिनियाँ सेनाको वार्षिक बजेट १४१ अर्ब डलर छ जो विश्वमै दोस्रो ठूलो सैन्य बजेट हो ।

दोस्रो विश्वयुद्ध अन्त्य भएको ७० औं वार्षिकोत्सवका अवसरमा चीनले बेइजिङमा विशाल सैन्य परेड आयोजना गरेको छ । राजधानी बेइजिङको तियानमैनमा भएको सैन्य परेडमा १२ हजारभन्दा बढी सेनाले सैन्य कौशल प्रस्तुत गरेका छन ।

सो कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन, दक्षिण कोरिया, पाकिस्तान, क्युवालगायत बिभिन्न ३० देशका प्रतिनिधी बेइजिङ आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी