युक्रेनमा सरकारबिरुद्धको आन्दोलनमा प्रहरी अधिकृतसहित पाँचजनाको मृत्यु

युक्रेनमा सरकारबिरुद्धको आन्दोलनमा प्रहरी अधिकृतसहित पाँचजनाको मृत्यु

  • मङ्लबार, भदौ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

युक्रेनमा सरकारबिरुद्ध भएको आन्दोलनमा एक प्रहरी अधिकृतसहित पाँचजनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरु राजधानी केभमा रहेको संसद् भवन घेर्न अघि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियोे ।

प्रहरीले प्रदर्शनकारीका तर्फबाट ग्रिनेडसमेत प्रहार भएको जनाएको छ । झडपमा केही प्रहरी घाइते भएका छन् । प्रहरीले भने प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रु ग्यासमात्र प्रयोग गरिएको जनाएको छ ।

युक्रेनको संसद्मा रुससँग जोडिएका राज्यलाई स्वायत्तता दिने विषयमा बहस चलिरहेको संकेत पाएका प्रदर्शनकारीहरु संसद् भवन प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको थिया ।

यता रुससमर्थक विद्रोहीको नियन्त्रणमा रहेका दुई राज्य दोनेत्सक र लोहान्सलाई स्वायत्तता दिने विषयमा भएको बहसमा ४५० सांसदमध्ये २६५ सांसदले समर्थन गरेका छन् ।

युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले विरोध प्रदर्शनलाई ‘पिठ्युँमा छुरा हान्ने कार्य’ भएको आरोप लगाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी