मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले प्रदर्शनकारीहरुलाई वर्तमान प्रधानमन्त्रीलाई पदबाट हट्न हटाउन समर्थन गरेका छन ।
महाथिर स्वयं पनि प्रदर्शनमा सरिक हुँदै वर्तमान प्रधानमन्त्री नजिब रजाकलाई पद त्याग्न बाध्य पार्नुपर्ने बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।
उनले आन्दोलनकारीहरुलाईरजाककालाई पदबाट राजिनामा दिन बाध्य पार्ने गरी आन्दोलन गर्न समेत आग्रह गरेका छन ।
भ्रष्टाचारमा लिप्तरहेको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्री नजिब रजाकको राजीनामा मागिरहेका बेला पूर्व प्रधानमन्त्री महाथिरले पनि आन्दोलनमा साथ दिएका हुन ।
राजधानी क्वालालाम्पुरका अतिरिक्त अरु शहरमा पनि रजाकको राजीनामा माग्दै प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्रीको निजी खातामा जम्मा भएको करौंडौं रकमको हिसाब देखाउन नसकेको आरोप लगाउदै त्यहका नागरिकहरुले विगत ३ दिनदेखि रजाकको राजिनामा माग गर्दै आन्दोलन गरिरहेका छन ।
तर पद त्याग्न वा निष्पक्ष निर्वाचन गराउन प्रदर्शनकारीले माग गरपनि रजाकले भने आफूले कुने गलत काम नगरेको जिकीर गरिरहेका छन् ।