एमनमा खाद्य सङ्कटको त्रास

एमनमा खाद्य सङ्कटको त्रास

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी,१३ भदौ ।

यमनमा खाद्य संकटको त्रास बढेको जनाइएको छ । गएको वर्षदेखी सुरु भएको चरम हिंसाको चपेटामा परेको यमनमा खाद्य संकटको त्रास बढेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।

राष्ट्रसंघीय निकाय डब्लुएफपीले यमनमा खाद्यान्न सङ्कटको बढ्न सक्ने अनुमान गरेको बिबिसीले जनाएको छ । उक्त निकायले हालैका दिनमा यमनमा विगतका वर्षहरुको तुलनामा निकै ठूलो आर्थिक एवम् खाद्यान्न संकट पर्नसक्ने चेतावनी दिएको जनाइएको छ ।

हुनत दाताहरुले सो देशमा खाद्यान्न एवम् आर्थिक सहयोग पनि हुने गरेको छ । तरपनि द्वन्द्वरत इस्लामिक राज्य यमनका लागि आर्थिक सहयोग तथा खाद्यान्न लिएर पुग्ने गरेका कुनै पनि सङ्घसंस्थालाई प्रवेशमा सहज भने छैन ।

उक्त निकायले पछिल्लो समयमा यसरी खाद्यान्नाको अभावमा पर्ने गरेका नागरिकको तथ्याङ्क लिने काम गरेको र यमनमा झन्डै १ करोड ३० लाख नागरिकले खाद्यान्नको अभाव महसुस गर्न थालेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी