चाडमा बोको हरामका दश लडाकुलाई मृत्युदण्ड

चाडमा बोको हरामका दश लडाकुलाई मृत्युदण्ड

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी , भदौ १३ ।

अफ्रिकी मुलुक चाडमा बोको हरामका दश लडाकुलाई मृत्युदण्ड दिइएको छ । हिजो राजधानी जामिनामा भएको सुनुवाईका क्रममा दोषी पाएकाहरुलाई आज बिहान गोली हानी मृत्युदण्ड दिइएको चाडको सुरक्षा स्रोतलाई उधृत गर्दै बिबिसीले जनाएको छ ।

गत जुनमा ३८ जना मारिने गरी जामिनामा गराइएको दुई वटा आक्रमणमा बोको हरामका ती लडाकुको संलग्नता रहेको पाइएको थियो । उक्त आक्रमणको एक महिना पछि नै चाडमा आतंकवादमा संलग्नलाई मृत्युदण्डको सजायँ दिइने कानूनी व्यवस्था फेरि सुरु गरिएको थियो ।

नाइजेरियामा बोको हरामले नियन्त्रणमा दिएका विभिन्न क्षेत्र सरकारी नियन्त्रणमा ल्याउन चाडले नाइजेरियाको उत्तरी बोर्नो राज्यमा आफ्ना सेना पठाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी