भदौ १२ काठमाण्डौं ।
नेपालले फुटबल क्षेत्रमा सन् १९९३ देखिको उपाधीको खडेरी तोडेको छ ।
काठमाण्डौंमा शनिबार सम्पन्न यु – १९ साफ याम्पीयनसिपको उपाधि नेपालले कब्जा गर्न सफल रह्यो । उपाधिसंगै नेपालले २२ बर्षपछि ऐतिहासीक जीत हात पारेको छ । शनिबार परम्परागत प्रतिद्धन्दी भारतमाथि पेनाल्टी सुटआउटमा ५–४ को रोमाञ्चक जीत निकाल्दा दर्शकहरुले ठूलो खुसी साटे ।
खेलको पहिलो हाफ्को ३१ औं मिनेटमा सुनिबल बलको कर्नर पासमा अनन्त तामाङको उत्कृउष्ट हेड भारतीय गोल किपरको जिउमा लागेर रिवाउण्ड भएको थियो । सोही बललाई टच गरेर तेज तामाङले पोष्टको दिशा दिए पछि नेपालले अग्रता बनाउनु सफल रह्यो । साथै भारतले सेमिफाईनल सम्म नखाएको गोल पनि यही खेलमा खान पुग्यो । त्यस पछि पनि लगातार नेपाली टिमले राम्रो आक्रमणहर जारी राख्यो ।
तर दोस्रो हाफ् पछि नेपालमाथि भारत केही हावी भयो । यद्यपि उसका सबै प्रयासहरु नेपाली किपर सोजित गुरुङ र डिफेन्डरहरुले विफल पारेका थिए ।
नेपालको दुर्भाग्य खेलको ८७ औं मिनेटमा पुगेर देखा पऱ्यो । छिरिङ गुरुङको हातमा बल लागे पछि पेनाल्टीको मौका पाएको भारतले खेल बराबरी गऱ्यो ।
यो यस्तो समयमा भएको थियो जतिखेल नेपालले स्ट्राईकरहरु बिमल घर्ती र अन्जन विष्टलाई मैदानबाट बाहिर निकालेको थियो ।
त्यस पछि खेल पेनाल्टी तर्फ मोडिदा दर्शकहरुको मुटु केही धड्किएको थियो । तर नेपालका गोल किपर सोजित गुरुङले भारतीय खेलाडीको पहिलो पेनाल्टी सुट बाहिर पञ्च गर्दै फालेर रोके पछि दर्शक खेलाडीमा केही साहस बढ्यो । त्यस पछि नेपालका कुनै पनि सुटरले गोल असफल नपार्दा नेपाल भाग्यमानी सावित भयो ।
यसले नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो । त्यसयता नेपाली पुरुष टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन ।
निर्धारीत समयको खेल १–१ को गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो । भारत ५ का विरुद्ध ४ ले पराजित भएको थियो ।
यो यस्तो मौका रह्यो सन् १९९३ मा सागको स्वर्ण जित्दा खेलाडी रहेका बाल गोपाल महर्जनले २२ वर्ष पछि कोच भएर उमेर समुहमा नेपाललाई उपाधी जिताउनु पनि निकै महत्वपूर्ण उपलव्धिको रुपमा रहेको छ ।
साथै उमेर समुहको सफलताले नया रणनीति अनुसार अघि बढे नेपाली फुटबलले पनि सफलताको शिखर चुम्न सक्छ भन्ने संकेत देखाएको छ ।
यो जितले आईतबार राष्ट्रिय टिमले भारत विरुद्ध पुनेमा खेल्ने खेलका लागि पनि सकारात्मक प्रभाव पार्न सक्ने छ ।
शुभकामना छ नेपाली फुटबल टिम र प्रशिक्षकलाई ।

