युरोपमा आप्रवासीहरुको ठूलो हताहती प्रति सयुक्त राष्ट्रसंघको चिन्ता

युरोपमा आप्रवासीहरुको ठूलो हताहती प्रति सयुक्त राष्ट्रसंघको चिन्ता

  • शनिबार, भदौ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

युरोपमा सिरीया, लिविया लगायतका मुलुकबाट भागेर जाने आप्रवासीहरुको ठूलो संख्यामा हताहती बढे पछि सयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले सबैले एकतावद्ध भएर आप्रवासी शरणार्थीहरुको हताहती रोक्नु पर्ने र उनीहरुलाई सुरक्षित गर्नु पर्ने बताउनु भएको छ ।
धेरै जसो आप्रवासीहरुको भूमध्य सागर पार गर्दा डुगा दुर्घटनामा मृत्यु हुने गरेको छ ।

महासचिव मुनले सबैले एकतावद्ध भएर आप्रवाशी शरणार्थीहरुलाई युरोपेली देशहरुले फिर्ता पठाउन थाले पछि उनीहरुलाई अन्तराष्ट्रिय कानुन भन्दा पनि मानवीयताको नाताले पनि सुरक्षा गर्नु पर्ने बताउनु भएको छ ।

उहाले संकटमा एकतावद्ध भएर सामुहिक राजनीतिक उत्तरदायीत्य देखाउनु पर्ने पनि सुझाव दिनु भएको छ ।

लिविया र सिरीया लगायतका मुलुकमा आन्तरीक द्धन्द बढे पछि असुरक्षाका कारण लाखौ नागरिकहरु भूमध्य सागर हुदै युरोपतिर प्रवेश गर्ने क्रम तीव्र भए पछि युरोपेली मुलुकहरु जर्मन, फ्रान्स लगायतकाले कडाई गर्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी