पाकिस्तानका पूर्व प्रधानमन्त्री गिलानीविरुद्ध पक्राउ आदेश

पाकिस्तानका पूर्व प्रधानमन्त्री गिलानीविरुद्ध पक्राउ आदेश

  • शुक्रबार, भदौ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी ११ भदौ  ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीविरुद्ध पक्राउ आदेश जारी गरिएको छ । पाकिस्तानको एक अदालतले भ्रष्टाचारसम्बन्धी विभिन्न १२ वटा मुद्दाको सुनुवाई गर्ने क्रममा उनीविरुद्ध पक्राउ आदेश जारी गरेको हो ।

अदालतले पूर्व मन्त्री मखदुम अमीन फहिमविरुद्ध पनि पक्राउ आदेश जारी गरेको छ । यी दुबैले सत्तामा रहँदा लाखौं अमेरिकी डलर घुस लिएको अभियोग लगाइएको छ । गिलानी सन् २००८ देखि सन् २०१२ सम्म पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । उनी हाल पाकिस्तान पिपुल्स पार्टीका उपाध्यक्ष छन् ।

पाकिस्तान पिपुल्स पार्टीले भने गिलानी र फहिमविरुद्ध लगाइएका आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाएको छ । अदालतले संघीय अनुसन्धान एजेन्सी (एफआइए) लाई गिलानी र फहिमलाई १० सेप्टेम्बरमा अदालतमा पेश गर्न आदेश दिएको छ ।

गिलानीले सुनुवाई अघि गिरफ्तारीबाट जोगिनका लागि गिरफ्तारी टार्नका लागि माथिल्लो अदालतमा जमानतका लागि अपील गर्नसक्ने जनाइएको छ । तर फहिम भने बे्लायतमा क्यान्सर रोगको उपचाररत रहेका कारण उनी अदालतमा उपस्थित हुन कठिन रहेको स्रोतले जनाएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी