एजेन्सी ११ भदौ । लिबियाको तटीय क्षेत्रमा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा कयौं मानिस बेपत्ता भएका छन् ।
करिब ४ सय भन्दा बढी आप्रवासी सवार रहेको डुंगा लिबियाको जुवारा शहर नजिक पल्टिएर दुर्घटना भएका बिबीसीले जनाएको छ ।
दुर्घटनापछि २१ जनाको उद्धार गरिएको छ । अझै सयौं मानिस हराइरहेकाले धेरै मानिस मरेको आशंका गरिएको छ । एक जना स्थानीय बासिन्दाका अनुसार कम्तिमा एक सय जनाको शव अस्पतालमा रहेको छ ।
लिबियाली तट रक्षक बलले दुर्घटना भएको डुंगा खोज्ने कार्य जारी राखेको अधिकारीहरुले बताएका छन् । यस वर्ष लिबियाको बाटो हुँदै युरोप जान प्रयास गर्नेहरुमध्ये दुई हजार भन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline