काठमाण्डौ,९ भदौ ।
भारतको गुजरात राज्यमा पटेल समुदायको आन्दोलन उग्र बनेपछि राज्यका विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ ।
सुरतमा सेना परिचालन गरिएको छ भने अहमदावाद र मेहसाणालगायतका अन्य स्थानमा अर्धसैनिक बल तैनाथ गरिएको छ । पटेल समुदायलाई अति पिछडिएको समुदाय सरह आरक्षण माग गर्दै सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि गुजरातमा सबै शिक्षण संस्था बन्द गरिएको छ ।
आन्दोलनकारीले सवारी–साधन तोडफोड र आगजनी गरेपछि स्थानीय प्रशासनले मोबाइल र इन्टरनेट सेवासमेत बन्द गरेको छ । आन्दोनलनको नेतृत्व गरिरहेका २२ वर्षीय हार्दिक पटेललाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका समर्थक थप उग्र बनेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गुजरातका मुख्यमन्त्री आनन्दीबेन पटेलले शान्ति कायम राख्न आह्वान गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline