भारतको गुजरातमा पटेल आन्दोलन चर्कदै गएको छ ।
पटेल समाजलाई आरक्षण दिनु पर्ने माग गर्दै आन्दोलनमा होमिएका पटेल समुदायको अगुवा हार्दिक पटेललाई प्रहरीले पक्राउ गरे पछि हिशा भड्किएको छ ।
यद्यपि, पटेललाई प्रहरीले रिहा गरेको छ ।
हार्दिक पटेलका समर्थकहरुले कैयौ ठाउमा आगजानी र तोडफोड गरे पछि प्रहरीले विभिन्न ठाउमा कफ्र्यु लगाएको छ ।
गुजरातका मुख्य मन्त्री आनन्दी वेन पटेलले घटनाको छानवीन गर्न आदेश दिनु भएको छ । छानविन पछि दोषी देखिएकाहरुलाई कार्बाही गरिने उहो चेतावनी दिनु भयो ।
पटेल समुदायको ऱ्यालीलाई सवोधन गर्दै अगुवा हार्दिक पटेलले आफूहरुलाई अधिकार दिनु पर्ने नदिए खोस्ने चेतावनी दिए ।
उनले सन् १९८५ को विधान सभाको चुनावमा काग्रेसलाई पत्तासाफ गरेको भन्दै अब भाजपाले पनि पटेलहरुलाई अधिकार नदिए सन् २०१७ को विधान सभाको चुनावमा त्यस्तै अवस्थामा पुऱ्याउने चेतावनी दिए ।
पटेलहरुले अहमदावादमा मंगलबार ठूलो ऱ्याली निकालेका थिए ।