एजेन्सी , भदौ ६ ।
मलेशियामा एउटा सामूहिक चिहान फेला परेको छ ।
थाइल्याण्डको सीमानजिक फेला परेको चिहानबाट २४ वटा शव बरामद गरिएको मलेशियाली प्रहरीलाई उद्यृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
बुकित वांग बर्मा नामक क्षेत्रमा फेला परेका ती सबै शव मानव तस्करीको शिकार बनेका बंगलादेश र म्यानमारका नागरिकको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
म्यानमार र बंगलादेशबाट लगिएका मानिसलाई अरु देशमा लैजाने क्रममा यही बाटो प्रयोग गर्ने गरिएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline