एजेन्सी, ६ भदौ ।
अफगानिस्तानको काबुल नजिकै रहेको एक कूटनीतिक क्षेत्रमा भएको आत्मघाती विष्फोटमा १२ जना मारिएका छन् । अरु ६० भन्दा बढी घाइते भएको वीवीसीले जनाएको छ ।
राष्ट्रपति भवन र विमानस्थल नजिकै गराइएको विष्फोटको कसैले जिम्मेवारी लिएका छैनन् । मारिनेमा एक विदेशी नागरिक पनि रहेको वीवीसीले जनाएको छ । विष्फोटका समयमा विदेशी सैन्य सोही बाटो भएर हिड्दै गरेका थिए ।
उता, सोमालियामा इस्लामिक अतिवादी समूह अब शबाबले गराएको श्रृंखलाबद्ध बम विष्फोटमा १८ जना मारिएका छन् । विष्फोटमा परि केही घाइते भएका छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार दक्षिणी तटीय शहर किस्मायोस्थित एक सैन्य प्रशिक्षण शिविरमा सबैभन्दा घातक विष्फोट भएको बताइएको छ । उक्त ठाउमा मात्रै १४ जना मारिएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline