दक्षिण कोरियाले प्रचारबाजी नरोके सैन्य कारवाही गरिने उत्तर कोरियाको चेतावनी

दक्षिण कोरियाले प्रचारबाजी नरोके सैन्य कारवाही गरिने उत्तर कोरियाको चेतावनी

  • शनिबार, भदौ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

दक्षिण कोरियाले सीमा क्षेत्रमा गरिरहेको प्रचारबाजी आज अपराह्न दुई बजेसम्ममा बन्द नगरे जबरजस्त सैन्य कारवाही गरिने उत्तर कोरियाले चेतावनी दिएको छ ।

उत्तर कोरियाका उप राजदूत अन म्योंग हुनले संयुक्त राष्ट्रसंघ मूख्यालयमा पत्रकार सम्मेलन गरी सीमा क्षेत्रमा दक्षिणबाट लाउडस्पिकर मार्फत् आफ्नो देशविरुद्ध गरिएको दूष्प्रचार युद्धकै रुप रहेको दाबी गरेको वीवीसीले जनाएको छ ।

गत पाँच वर्षयता दुई देशबीच केही दिनअघि मात्र सीमा क्षेत्रमा गोली हानाहान भएको थियोे । हिजो मात्र उत्तर कोरियाले आफ्ना सैनिकलाई युद्धका लागि तयार रहन निर्देशन समेत दिएको थियो ।

किम जोंन उनले सत्ता सम्हाले यता उत्तर कोरियाको राजनीतिक अवस्था अस्थिरझै देखिन थालेको छ भने केही समय स्थगित गरिएको अमेरिकी–दक्षिण कोरियाली साझा युद्ध अभ्यास पनि फेरि थालिएको छ । (एजेन्सी)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी