एजेन्सी ५ भदौ । अमेरिकाले इस्लामिक स्टेट आइएसका दोस्रो प्रमुख नेता मारिएको दावी गरेका छन् ।
इराकको उत्तरी क्षेत्रमा गरिएको अमेरिकी हवाई आक्रमणमा आइएसका दोस्रो तहका नेता फाजिल अहमद अल ह्याली मारिएको अमेरिकाले दावी गरेको हो ।
ह्वाइट हाउसका अनुसार हाजी मुताजको नामले चिनिने ह्याली आईएसका दोस्रा नम्बरका नेता हुन् । यसै साता मोसुलमा गरिएको हवाई आक्रमणमा उनी मारिएको अमेरिकी अधिकारीहरुको दावी छ ।
यसै महिना सिरियामा गरिएको आक्रमणमा पनि आईएसका अर्का वरिष्ठ नेता मारिएका थिए । आईएसका नेता अबु बक्र अल बग्दादी पनि मार्चमा गरिएको आक्रमणमा परी घाइते भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline