युद्धको तयारी गर्न कोरियाली नेता किम जोनको सेनालाई निर्देशन

युद्धको तयारी गर्न कोरियाली नेता किम जोनको सेनालाई निर्देशन

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी ४ भदौ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले युद्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन् ।

आफ्नो मुलुकविरुद्ध दक्षिण कोरियाले प्रचारबाजी गरेको भन्दै उत्तर कोरियाली नेता उनले युद्धको तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका हुन् ।

आपतकालीन बैठकलाई सम्बोधन गर्दै उनले अर्द्धयुद्धको अवस्था देखिएको बताए ।दक्षिण कोरिया तथा उत्तर कोरियाबीच सीमा क्षेत्रमा दुईतर्फी गोलाबारी भएपछि कोरिया प्रायद्वीपमा तनाव बढेको छ । उत्तर कोरियाले आफ्ना क्रियाकलाप बन्द नगरे कडा कारबाही सामना गर्न दक्षिण कोरियालाई चुनौती दिएको छ ।
आफ्नाविरुद्ध प्रचारबाजी गरेको आरोपमा उत्तरले दक्षिणको भूमिमा बम प्रहार गरेको थियो ।जवाफमा दक्षिण कोरियाले दसौं राउन्ड आर्टिलरी फायर गरेको छ । ४८ घण्टाभित्र प्योङ्याङविरोधी प्रचार बन्द नभए सैनिक कारबाही गरिने लिखित चेतावनी उत्तर कोरियाले दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी