मध्यपूर्वको चरमपन्थी समूह हमासले इजराइलले जासुसी कार्यमा खटाइएको एक डल्फिनलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ ।
गाजाको समुद्री तटबाट नियन्त्रणमा लिइएको डल्फिनको शरीरमा क्यामरा र अन्य विद्युतीय उपकरण जडान गरेको पाइएको हमासको दाबी छ ।
अरबी भाषाको अखबार ‘अल कुद्स’ अनुसार हमासको नौसैनिक टोलीले सो डल्फिनलाई नियन्त्रणमा लिएको हो । तर उसले नियन्त्रणमा लिइएको डल्फिनको तस्वीर र अवस्थाबारे खुलाइएको छैन ।
यता इजरायलले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।
यसअघि पनि इजरायलमाथि गिद्ध र सार्क प्रयोग गरी जासुुसी गरेको आरोप लागेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline