भदौ ३, एजेन्सी ।
थाइल्याण्ड प्रहरीले बैंककमा गत सोमबार भएको बम आक्रमण पछाडी कुनै संजालको हात रहेको हुन सक्ने बताएको छ । थाई प्रहरी प्रमुख सोमयोत पोमपानमोङ्गले इरावनस्थित हिन्दु मन्दिर बाहिर भएको विष्फोटमा एक भन्दा बढी व्यक्तिको हात रहेको बताउनुभएको हो ।
उहााका अनुसार आक्रमणमा थाई नागरिक पनि संलग्न हुन सक्छन् । यद्यपी मन्दिर परिसरमा रहेको सिसिटिभी फुटेजका आधारमा पत्ता लागेको मुख्य संदिग्ध व्यक्ति भने विदेशी हुन या थाई नागरिक अझै एकिन भएको छैन । प्रहरीले सिसिटिभी फुटेजका आधारमा एक संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री प्रयुथ चान ओचाले ती व्यक्तिलाई आत्मसमर्पण गर्न अपिल गर्नुभएको छ । व्यस्त पर्यटकीय क्षेत्रमा गत सोमबार भएको सो आक्रमणमा विदेशी नागरिक सहित २१ जनाको मृत्यु भएको थियो ।
यसैबीच थाई प्रहरीले वम आक्रमणमा संलग्नहरुको खोजी तथा पक्राउका लागि सहयोग गर्न ईन्टरपोललाई आग्रह गरेको छ ।