भारतको चण्डीगढमा रहदै आएकी शिखा मोगाले अमेरीकी बहुराष्ट्रिय कम्पनी कोकाकोलाले १५ वर्ष अघि बलिउड स्टार रितिक रोसनसग‘ रोमाञ्चक डिनर गराउने भनेर आयोजना गरिएको प्रतियोगीता जीते पनि त्यस अनुसारको बाचा कम्पनीले पुरा नगरेको भन्दै अदालमा उजुरी दिएकी छन् ।
कम्पनीको उक्त अफर पछि रितिकलाई भेट्ने नाममा आफूले दैनिक ३ वटा सम्म कोकाकोला पिउने गरेको स्मरण गर्दै शिखाले अब उनीसग‘ नभेट्ने र अदालतबाट कम्पनीको विरुद्ध लडेर न्याय पाउने आशा व्यक्त गरेकी छन् ।
उनले २ करोड ५० लाख रुपैया हर्जानाको समेत माग गरेकी छन् । चण्डीगढको उक्त अदालतले कम्पनीलाई अगष्ट २४ भित्र आफ्नो जवाफ पेश गर्न आदेश दिएको छ ।
उनले कोकाकोलासग‘ कुनै सम्झौता नगर्ने भन्दै रितिक रोसन सग पनि नभेट्ने बताएकी छन् ।
उनलाई १९ वर्षको उमेरमा यो प्रतियोगीता जीते पछि रितिकसग‘ नभेटाउदा साथीहरुले समेत जिस्काउने गरेका थिए ।
शिखाका पिता रवी मोगाले अब आफ्नो छोरी पनि १७/१८ वर्षको नरहेको र रितिक पनि स्टार नरहेकाले त्यस्तो डेटिङको अर्थ नभएको भन्दै न्यायको आशा व्यक्त गरेका छन् ।
कोकाकोलाले डेटिङ पाउने नाममै प्रतियोगीता गराएर उल्लेख्य संख्यामा कोक विक्री गरेको थियो ।