एजेन्सी २ भदौ ।
सिरियामा इस्लामिक विद्रोही संगठन आइएसले एक पुरातत्वविद्को हत्या गरेको छ । आइएसले प्राचिन शहर पल्मिराको रेखदेख गर्दै आएका पुरात्वविद् खालिद असादको हत्या गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएको छ ।
आइएसले विश्व सम्पदा सुचिमा सुचिकृत पल्मिरा शहरमा कब्जा जमाए लगत्तै असादलाई बन्दी बनाएका थिए । ८२ वर्षीय असादको शिर क्षेदन गरी हत्या गरिएको बिबीसीले जनाएको छ ।
पुरातात्विक विभागका प्रमुख समेत रहिसक्नु भएका असादले ५० वर्ष भन्दा बढी समय पल्मिरामा बिताउनु भएको थियो ।
सिरिया र इराकका धेरै भूभाग आफ्नो नियन्त्रणमा लिएका आइएसले गत मे मा प्राचिन पल्मिरा शहर नियन्त्रणमा लिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline