पाकिस्तानी सेनाले गरेको हवाइ आक्रमणमा ५० विद्रोही मारिए

पाकिस्तानी सेनाले गरेको हवाइ आक्रमणमा ५० विद्रोही मारिए

  • मङ्लबार, भदौ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ १ भदौ । 

पाकिस्तानको सीमासँग जोडिएको उत्तरी वजिरिस्तानमा सेनाले गरेको हवाइ आक्रमणमा कम्तिमा ५० जना विद्रोही मारिएका छन् ।

वजिरिस्तानको आदिवासी क्षेत्रमा गरिएको उक्त आक्रमणको क्रममा विद्रोही मारिएको पाकिस्तानी सेनाले दाबी गरेको हो ।

त्यस क्षेत्रमा पत्रकारलाई जाने अनुमति नदिइएकाले खबरको स्वतन्त्र पुष्टि भने हुन नसकेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ ।

सेनाका अनुसार हवाइ आक्रमणको क्रममा विद्रोही समुहले गोला बारुद राखिएका स्थानलाई पनि लक्षित गरिएको छ ।

गत वर्षको जुनदेखि जारी राखेको तालिबान विरुद्धको कारबाहीमा दुई हजार ८ सय भन्दा बढी मारिसकेको सरकारी अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी