एजेन्सी,३२ साउन ।
अमेरिकामा दुई विमान उडानकै क्रममा आकाशमा ठोक्किएर दुर्घटना हुदा ४ जनाको मुत्यु भएको छ । सान डियागोस्थित विमानस्थल तर्फ आउँदै गरेका २ बिमान एक आपसमा ठोकिएका बिबिसीले जनाउको छ ।
ठोक्किएर जमिनमा विमान खसेपछि आगो लागेको थियो । खुला क्षेत्रमा विमान झरेका कारण थप मानवीय क्षति नभएको अधिकारीहरुलाई उद्यृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
संघीय विमान प्रशासन प्रवक्ता इयान ग्रेगरका अनुसार दुर्घटना भएका दुई विमान सानो आकारका हुन् । दुई इन्जिनको एउटा विमान र एक इन्जिनको अर्को विमान आपसमा ठोक्किएका हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline