एजेन्सी ३२ साउन ।
इन्डोनेसियामा घरेलु उडानका क्रममा बेपत्ता भएको एक विमानको भग्नावशेष फेला परेको छ ।
हिजो बेपत्ता भएको इन्डोनेसियाली विमान ‘ट्रिगाना एयर’ को भग्नावशेष पापुआ क्षेत्रमा फेला परेको अधिकारीहरुले बताएका छन् ।
उक्त विमानमा ५४ जना सवार थिए । जसमध्ये पाँच बालबालिका, ४४ वयस्क छन् भने पाँच जना चालक दलका सदस्य रहेको अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा कोही जिवित छन् या छैनन् भन्ने प्रष्ट भइनसकेको बिबीसीले जनाएको छ ।
स्थानीय समयअनुसार हिजो दिउँसो करिब तीनबजे उक्त विमानसँग सम्पर्क विच्छेद भएको थियो । प्रान्तीय राजधानी जयापुरकाको सेन्तानी विमानस्थलबाट उडान भरेको विमान दक्षिणी सहर ओक्सिबिलतर्फ जाँदै गर्दा बेपत्ता भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline