भग्नावशेष व्यवस्थापन अनिश्चत,खुलामञ्च नै बन्यो फोहोर थुपार्ने ठाउँ

भग्नावशेष व्यवस्थापन अनिश्चत,खुलामञ्च नै बन्यो फोहोर थुपार्ने ठाउँ

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

यतिबेला उपत्यकामा फोहोर व्यवस्थापन गर्ने विषय निकै चुनौतीपुर्ण बनेको छ । उसो त काठमाडौंमा फोहोर व्यवस्थित हुन नसक्दा बेला बेला दुर्गन्धित बन्ने गरेकोमा अहिले त गत बैसाख १२ गतेको विनाशकारी भुकम्पले भत्काएका भौतिक संरचनाहरुले समस्या झन जटिल बनाई दिएको छ ।

भुकम्प गएको चार महिना वितिसक्दा समेत भुकम्पकै कारण उच्च जोखिममा रहेका तथा अलि अलि भत्किएका, चिरा परेका र विशेषज्ञको अनुगमन टोलीले नबस्न सुझाव दिएका २७ सय बढि घरहरु अझै बाकी रहेको छन ।

जोखिम बोकेका भत्काउन बाकि घरहरुलाई भत्काउने कार्य भईरहेको काठमाडौँ महानगरपालिकाका कार्यान्वयन शाखा प्रमुख धनपति सापकोटाले बताउनुभयो ।

तर केहि ठाउमा एउटै सम्पतिमा धेरै जनाको स्वामित्व हुदा, जोखिमयुक्त घरहरु अरु घरहरुसंग जोडिएर रहेका कारण र घरधनी स्वयमः भत्काउन मञ्जुर नभएका कारण अनिवार्य भत्काउन पर्ने घरहरु समेत भत्काउन र फोहोर व्यवस्थापन गर्न समस्या भएको छ । भने कतिपय ठाउमा भत्काएर थन्काउने ठाउ नहुदा समेत समस्या भएको छ ।

शाखा प्रमुख सापकोटाका अनुसार भुकम्पले भग्नावशेष बनाईदिएका भवनहरुलाई व्यवस्थित गर्न काठमाडौं महाँ नगरपालीकाले फोहोर संकलन कार्य छिटो छरिता र समयमै सम्पन्न गराउन सरकारी बाटो अबरुद्ध नहुने गरि उपत्यकाभित्रैै १८ वटा अस्थाई फोहोर संकलन केन्द्र निर्माण गरिएको छ ।

काठमाडौंको मुटुमै अवस्थित स्थानीय खुलामञ्चको दक्षिणपुर्वी परिषर,त्यस्तै महानगरपालीकाको वडा नम्बर १ स्थित नन्दीरात्री स्कुलसंगैको खाली स्थान, महराजगंज ईन्देणी रेष्टुरेण्ट अगाडिको ग्रिनवेल्टको स्थान, गुजेश्वरी ट्रिटमेन्ट प्लान्टको पुर्व वागमती करिडोरसंगैको खाली स्थान, त्यस्तै वनस्थली स्कुलको कम्पाउन्डसंगै,माछा पोखरी चोक ग्रिनवेल्ट, सतिापाईला चोक ग्रिनवेल्ट, साझा पेट्रोल पम्पसंगै,कालीमाटी पुलसंगैको खालि स्थानमा भत्किएका संरचनाहरुलाई व्यवस्थापन गर्न अस्थाई फोोर संकलन केन्द्र तोकेको छ । स्थानीहरुलाई त्यहा फोहोर जम्मा गर्न भनेको छ ।

यसैगरि लैनचौर खुल्ला स्थानको पुर्व दक्षिण परिषर,डल्लु भुलुंङ्गेपुलसंगैको नदी किनारको खुल्ला स्थान, डल्लु वायो ग्यास डिपो संगैको खुला स्स्थान,ह्युमतको खुला स्थान, वंसिघाट पुलसंगैको खाली स्थान, तिनकुनेस्थित खाली स्थान र पेप्सीकोला मनोहरा खोला पारीको दिव्यश्वरी टाउन प्लानिङको खाली स्थान लाई स्थनलाई समेत महानगरपालीकाले भग्नावशेष अस्थाई संकलन केन्द्र तोकेको छ ।

सरकारको आग्रहलाई ध्यानमा राखेर जनताहरुले जतिसक्दोे चाडो फोहोर संकनमा सहकार्य गरे छिटै यो समस्या समाधान हुने उनले बताए । यस्तै सरकारले अति जोखिममा रहेका स्थानीयका घरहरुलाई जोखिममुक्त गर्न सहयोग गर्न मसिन पठाउन सकिने बताएको छ ।

तर काठमाडौंकै मुख्य सडक र अझ सिंहदरबार छेउमै अवस्थित खुलामञ्चलाई फोहोर संकलन केन्द्र बनाउदा त्यो क्षेत्र नै दुर्गन्धित हुनेमा स्थानीयहरु चिन्तित बनेका छन । भने मञ्चको सोभामा समेत अाँच आउने कतिपयको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी