एजेन्सी २९ साउन ।
चीनको उत्तरी तियांन्जिन शहरमा रासायनिक सामान राखेको एक गोदाममा विस्फोटका विषयमा अध्ययन गर्न दुई सय जना सैनिक विशेषज्ञ टोली पठाइएको छ ।
खतरनाक तथा रासायनिक सामान भण्डारण गरिएको भवनमा भएको विष्फोटको कारण अझै पत्तो लाग्न सकेको छैन । उक्त बिष्फोटका कारण ५० जनाको मृत्यु भएको थियो भने तीन हजार पाँच सय बढी मानिस त्यहाँबाट बिस्थापित भएका छन् ।
विष्फोटका कारण दुई किलोमिटर वरपरको क्षेत्रको भवन र सवारी साधन ध्वस्त भएका छन् । विष्फोटको धक्का कैयौं किलोमिटर परसम्म महशूस गरिएको थियो ।
घटनाको निष्पक्ष जाँच गरिने चिनियाँ प्रधानमन्त्री ली खछियाङले बताउनु भएके छ । १७ जना दमकलकर्मी समेत मारिएको उक्त घटनामा अझै थुप्रै व्यक्ति वेपत्ता रहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline