काठमाडौं, २८ साउन ।
इराकको बग्दादमा भएको बम विस्फोटमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ । घटनामा ८६ जना बढी घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
बग्दादको एक व्यस्त बजारमा विस्फोट पदार्थसहितको ट्रक प्रवेश गराइ विस्फोट गराइएको बिबिसीले जनाएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
घटनालगत्तै बजार बन्द गरी सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । घटनाको जिम्मेवारी कसैले अहिले सम्म नलिएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline