अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको फोक्सोमा क्यान्सर देखियो

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको फोक्सोमा क्यान्सर देखियो

  • बिहिबार, साउन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी, २८ साउन ।

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको फोक्सोमा क्यान्सर रोगको संक्रमण देखिएको छ ।

बुधबार पूर्वराष्ट्रपति कार्टरले एक विज्ञप्ति जारी गर्दै आफू क्यान्सरबाट पिडीत भएको र उपचारका लागि अस्पताल पुगेको बताउनुभएको छ् । संक्रमण शरीरका अन्य भागमा फैलने खतरा भएपछि उनको शल्यक्रिया गरिदैंछ ।

९० वर्षीय कार्टरले इमोरी हेल्थकेयर अस्पतालका चिकित्सकहरु आफ्नो उपचारमा संलग्न रहेको जनाएका छन् । स्वास्थ्योपचारका प्रगतिबारे थप विवरण कम्तीमा एक सातापछि सार्वजनिक हुने समेत विज्ञप्ति मार्फत नै जानकारी गराउनु भएको छ ।

कार्टरको परिवारका अन्य सदस्यहरुलाई पनि क्यान्सर भएको थियो ।

डमोक्रेट पार्टीका तर्फबाट अमेरिकाको ३९ औं राष्ट्रपति बन्नुभएका कार्टर  १९७७ देखि १९८१ सम्म र अमेरिकाको नेतृत्व गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी