दाता राष्ट्रसंग गरेको सम्झौता सैद्धान्तिक रुपमा स्वीकार गर्न ग्रीस सहमत

दाता राष्ट्रसंग गरेको सम्झौता सैद्धान्तिक रुपमा स्वीकार गर्न ग्रीस सहमत

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी २७ साउन  । 

आर्थिक संकट समाधानका लागि दाता राष्ट्रसंग गरेको सम्झौतालाई सैद्धान्तिक रुपमा स्वीकार गर्न ग्रीस सहमत भएको छ ।

उक्त सम्झौतालाई सिद्धान्तको रुप दिन भोली संसदमा मतदान हुदैछ । सम्झौतामा अब राजनीतिक अनुमोदन आवश्यक रहेको युरोपिय युनियन इयुले जनाएको छ ।

मतदान अघि आज प्रधानमन्त्री एलेक्सिस सिप्रसले संसद बैठक बोलाउनु भएको छ ।

दाता राष्ट्रसंग गरिएको आर्थिक सम्झौतामा अझै केही विषयमा विवाद रहेकाले यसको समाधान लागि नेताहरुसंग छलफल गरिएको छ ।

आजको संसद बैठकमा सदस्यहरुले सो बारे विमती राख्ने सम्भावना रहेको बताइएको छ । अन्तर्राष्ट्रिय दाता राष्ट्रसंग लिएको ऋण तिर्न र युरोजोनबाट बाहिरिनबाट बच्न ग्रिसले इयु आवद्ध दाता राष्ट्रसंग तीन बर्षको सम्झौता गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी