नाइजेरियामा विस्फोट हुदा ४७ जनाको मृत्यु

नाइजेरियामा विस्फोट हुदा ४७ जनाको मृत्यु

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी २७ साउन ।

नाइजेरियाको बोर्नो प्रान्तको बोर्नो प्रान्तको साबोन गारी नगरमा भएको शक्तिशाली बिस्फोटमा ४७ जनाको मृत्यु भएको छ ।

सो विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् । भने आसपासका धेरै घर ध्वस्त भएका छन् भने दर्जनौं सवारी साधनमा क्षति पुगेको छ ।
आतंकवादी समूह बोको हराम सक्रिय रहेको यो प्रान्तमा भएको बिस्फोट सोही समूहले गराएको हुन सक्ने नाइजेरियाली सेनाको दाबी छ । यद्यपी बोको हरामले भने घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

बियु जनरल अस्पतालकी एक नर्सलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएअनुसार सो अस्पतालमा कम्तीमा ४७ शव ल्याइएको छ भने ५० भन्दा बढी घाइते छन् ।

घाइतेको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले सत्ता सम्हाले यता हिंसात्मक घटनामा ८ सय जनाको ज्यान गइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी