साउन २६, एजेन्सी ।
सन् २०११ मा गएको महाभुकम्पका कारण क्षति बेहोरेको जापानले ४ वर्ष पछि नयाँ आणविक भट्टी सञ्चालनमा ल्याउने भएको छ ।
भुकम्प र सुनामीका कारण जापानका सबै परमाणु संयन्त्र बन्द भएका पछि अहिले नयाँ सुरक्षा नियम अनुसार परमाणु प्लान्टको शूरुवात गर्न लागेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
क्युशु इलेक्ट्रिक पावरले आज परमाणु प्लान्टको उद्घाटन गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।
यद्यपि सो भट्टीले आगामी शुक्रबारदेखि काम शूरु गर्ने जनाइएको छ ।
जापानी विद्युत अपरेटरले सार्वजनिक विरोधका बाबजुद २५ रिएक्टरको परमाणु प्लान्ट आरम्भ गर्न आवेदन दिएको छ ।
जापानमा सन् २०११ मा गएको भुकम्प र सुनामीका कारण परमाणु शक्ति उत्पादन गर्ने फुकुसिमा डाइची संयन्त्र पुर्ण रुपमा ध्वस्त भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline