साउन २४ काठमाण्डौं ।
सुन्दरीजल देखि चोभार सम्म वागमति सफाई अहिले भईरहेको छ ।
पूर्व मुख्य सचिव लिलामणि पौड्यालको पहलमा शुरु भएको वागमति सफाई अभियानले अहिले उपत्यकावासीमा ठूलो चेतना वृद्धि गरेको देखिएको छ ।
यसैले अहिले वागमति सफा राख्ने अभियान अन्तर्गत पशुपतिदेखि चोभार सम्म करीडोर र ढल निमार्णको काम भईरहेको छ ।
तर यस मध्य धेरै अवरोध हट्दै गए पनि सानेपा स्थित काग्रेस पार्टी कार्यलय अगाडी रहेको मनमोहन स्मृतिपार्कको एक किलो मिटर क्षेत्रमा ढल निमार्ण कार्यमा विभिन्न हिशाबले अवरोध खडा भएको बुझिएको छ ।
यद्यपि मनमोहन पार्क निमार्ण समितिका एक सदस्यले भने आफूहरुले कुनै अवरोध खडा नगरेको दावी गरेका छन् । सो क्षेत्रमा अहिले सम्म पनि ढल राख्न सकिएको छैन ।
पार्क भन्दा माथि र तल सबै ढल निर्माण कार्य तीव्र रुपमा अघि बढीरहेको छ ।
स्वर्गीय प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा सो सरकारी जग्गामा पार्क बनाईएको हो । यो अझै निमार्णाधीन अवस्थामा रहेको छ ।
पार्क भित्र विभिन्न टहरा निमार्ण गरी भाडामा लगाएर समितिले पैसा उठाउने गरेको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गत वागमति सभ्यता एकीकृत विकास समितिको नेतृत्वमा ढल विस्तार जस्ता कामहरु भईरहेका छन् ।
