ब्लगर हत्याको विरोधमा बंगलादेशमा प्रदर्शन

ब्लगर हत्याको विरोधमा बंगलादेशमा प्रदर्शन

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी २४ साउन । 

ब्लगर हत्याको विरोधमा बंगलादेशमा ब्यापक प्रदर्शन भएको छ ।

राजधानी ढाका लगायतका विभिन्न शहरमा भएको शान्तिपूर्ण प्रदर्शनमा ब्लगरहरुका साथै सर्वसाधारणको बाक्लो उपस्थिति रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

गत शुक्रबार बंगलादेशी ब्लगर निलोय नीलको हत्या भएपछि बंगलादेशमा लगातार प्रदर्शन भइरहेको छ ।

आन्दोलनमा सहभागीहरुले ब्लगर हत्या बन्द गरी हत्यारालाई कडा कारबाही गर्न माग गरेका छन् । निलोय सँगै पछिल्ला सातमा बंगलादेशको ढाकामा मारिनेको संख्य चार पुगेको छ ।

यता बंगलालेश सरकारले भने हत्याका बारेमा कुनै प्रतिक्रिया दिएको छैन । प्रदर्शनकारीहरुले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही नगरे शान्तिपूर्ण आन्दोलनको स्वरुप परिवर्तन हुने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी