जापानको हिरोसिमा परमाणु बम काण्डको ७० बर्ष पुगेको छ । उक्त अवसरमा आज जापानको हिरोसिमामा एक शोकसभाको आयोजना समेत गरिएको छ ।
हिरोसीमा मेमोरियल पार्कका आयोजना गरिएको समारोहमा जापानका प्रधानमन्त्री सिन्जो आबेसहित हजारौं नागरिकको सहभागिता रहेको अन्तराष्ट्रिय सञ्चार माद्यमहरुले जनाएका छन ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री आबेले बिश्वबाटै परमाणु निसस्त्रीकरण गर्नुपर्ने बताउुदै बम काण्डले हजारौं नागरिकको ज्यान मात्रै लिएको नभई बाँचेकाहरुलाई समेत पीडादायी घाउ दिएको बताउनुभयो ।
सन् १९४५ मा जापानको मुख्य दुई शहर हिरोसीमा र नागासाकीमा भएको परमाणु बम हमला र त्यसको बिकीरणका कारण ७० हजार नागरिकको ज्यान गएको थियो ।
सोही दिनको सम्झनामा जापानमा प्रत्येक वर्षको अगष्ट ६ तारिखका दिन स्मृतिसभाको आयोजना गरिँदै आएको छ । समारोहमा सहभागीहरुले मैनबत्ती बाली मृतकको सम्झनामा श्रद्धान्जली अर्पण गरेका थिए ।