शरणार्थी चढेको पानीजहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु

शरणार्थी चढेको पानीजहाज दुर्घटना हुँदा २५ जनाको मृत्यु

  • बिहिबार, साउन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

 

लिबियाका शरणार्थी चढेको पानीजहाज भूमध्यसागरमा दुर्घटना हुँदा कम्तीमा पनि २५ जनाको मृत्यु भएको छ । उक्त जहाजमा करिब ६ सय शरणार्थी सवार रहेको संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले जनाएको छ ।

तीमध्ये ४ सय जनालाई उद्धार गरिएको छ भने २५ वटा शव प्राप्त भएको अन्तराष्ट्रिय संचार माद्यमहरुले जनाएका छन । बाँकी यात्रीको खोजतलास तथा उद्धार कार्यमा चार डुंगा र तीन हेलिकोप्टर परिचालन गरिएको समेत बताइएको छ ।

अत्यधिक भारका कारण डुंगा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । प्रत्येक वर्ष हजारौं शरणार्थीहरु भूमध्यसागर हुँदै युरोप प्रवेश गर्ने गरेको पाइन्छ । सन् २०१५ मा मात्र भूमध्यसागर हुँदै युरोप जाने क्रममा दुई हजारभन्दा बढी शरणार्थीको दुर्घटनामा मृत्यु भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी