काठमाण्डौ, २० साउन ।
पाकिस्तानका पूर्व क्रिकेट कप्तान वसीम अक्रममाथि आक्रमण भएको छ ।
कराँचीमा अक्रम चढेको कारमा अज्ञात समुहले गोली प्रहार गरेको हो । गोली प्रहारबाट कारमा क्षति पुगेपनि अक्रमलाई भने केही भएको छैन । अक्रम कराँचीको नेशनल स्टेडियम गैरहेका बेला उनी चढेको कारमा आक्रमणकारीले गोली प्रहार गरेको हो । घटनापछि अक्रमले प्रहरीको हेल्पलाइनमा फोन गरेर उजुरी दर्ता गरेका छन् ।
मोटरसाइकमा आएका दुई जना आक्रमणकारीले गोली प्रहार गरेको अक्रमले बताएका छन् । आक्रमणकारी चढेको मोटरसाइकलको नम्बर आफूले नोट गरेर प्रहरीलाई दिएको अक्रमले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline