एजेन्सी २० साउन ।
भारतको मध्यप्रदेशमा रेल दुर्घटना हुदा कम्तीमा २० जनाको मृत्यु भएको छ । हरदाबाट २५ किलोमिटर टाढा खिढकिया र भिंगरी गाउँको बीचमा उक्त दुर्घना भएको हो ।
स्थानीय समय अनुसार गएराति पौने १२ बजे दुईवटा रेलका डिब्बा लिकबाट बाहिर निस्किएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । लिकमा पानी जमेका कारण उक्त दुर्घटना भएको बताइएको छ ।
कामायनी एक्सप्रेसको अन्तिम डिब्बा र जनता एक्सप्रेसको इन्जिन र केही डिब्बा लगभग एकै समयमा अलग–अलग लिकबाट उछिट्टिएको रेलवे सेवाका अधिकारीहरुले बताएका छन् । करिब दुई सय जनालाई सकुशल उद्धार गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline