एजेन्सी ,१९ साउन ।
क्यानाडाका प्रधानमन्त्री स्टेफन हार्परले संसद विघटनको आदेश दिनु भएको छ । प्रधानमन्त्री हार्परले गभर्नर जनरल डेभिड जोन्सटोनलाई संसद भंग गर्ने आदेश दिनु भएको बिबिसीले जनाएको छ ।
उहाले आगामी निर्वाचनको अभियान पनि सुरु गरेको घोषणा गर्नुभएको बिबिसीले जनाएको छ । क्यानडामा आगामी अक्टोबर १९ मा निर्वाचन हुँदैछ ।
क्यानडामा पछिल्ला केही दिनमा निर्वाचन अभियान कहिलेबाट सुरु होला भन्ने व्यापक अनुमानलाई चिर्दै उहाले अभियान सुरु गर्ने गरी आदेश दिनु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline