चारसय करोड रुपैयाँ बराबरको नक्कली नोट बजारमा : आइबी

चारसय करोड रुपैयाँ बराबरको नक्कली नोट बजारमा : आइबी

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी, १९ साउन ।

भारतीय गुप्तचर संस्था ‘आइबी’ले  बजारमा चार सय करोड रुपैयाँ बराबरको भारतीय नक्कली नोट उपलब्ध रहेको जनाएको छ । राष्ट्रिय जाँच एजेन्सीका तर्फबाट गरिएको पछिल्लो अध्ययनका क्रममा उक्त तथ्य प्रकाशमा आएको हो ।

प्रत्येक वर्ष ७० करोड भारतीय नक्कली नोट बजारमा आउने गरेको पनि सो अध्ययनको खुलासा गरेको छ । भारतीय गुप्तचर निकाय ‘आइबी’ले गरेको अध्ययन पछि सार्वजनिक भएको प्रतिवेदनले करिब २५ सय करोड रुपैयाँ नक्कली नोटमा समाहित रहेको पनि जनाएको छ ।

नक्कली नोटको कागज, मसीको अध्ययनबाट त्यस्ता नोट पाकिस्तानमा बनेको पुष्टि भएको समेत जनाइएको छ । अध्ययनका क्रममा प्रति दश लाख नोटमा दुई सय ५० नोट नक्कली पाइएको पनि खुलासा गरिएको छ । बजारमा १०० र ५०० दरको नक्कली नोट बढीमात्रामा पाइएको पनि जनाइएको छ ।

नक्कली नोटको छपाई एउटै कागजमा हुने गरेको तर असली नोट दुई अलग कागजमा छापेर त्यसलाई बीचमा टासिने भएकाले आम रुपमा नक्कली र असली नोटबीच १२ भिन्नता रहने गरेको अधिकारीहरुले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी